Close
  • Home
  • About Myself
  • Events
    • Events one
Feedback
  • अम्रिकाने देखी अमेरिका सम्म


    हंगकंग झन्डै दुइ दसक अघि को बेलायेती औपनिवेसिक सहर अर्थात् हाल को मित्र राष्ट्र चाइना को एक बिशेस प्रसासनिक एबम आर्थिक केन्द्र बाट संयुक्त राज्य अमेरिका उडान को लागि म काठमाडौँ हुदै पुगेको थिए मार्च ८ ,२०१५ को दिन |
    युरोप र काठमाडौँ सिदा जोड्ने टर्किस ( टीके – ७२६) एअर लाइन्स को मार्च ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भएको क्र्यास ल्यान्डिङ ले गर्दा पुर्बनिर्धरित यात्रा ४ दिन पछि खुलेको एअरपोर्ट को चापमा मिसिएको थियो | साच्चै त्यो दिन हाम्रो एरपोर्ट कति बिजोग देखिन्थ्यो, त्यो अनुभब मार्च ८ मा काठमाडौँ छाड्ने हवाई यात्रु लाइ थाहा छ |
    मेरो गुनासो टर्किस एअर लाइन्स लाइ होइन , धावन मार्ग जोगाउन नसके पनि ठुलो मानाबिय दुर्घटना टरेको थियो , बिगतमा एस्तो अनुभब नभएपनि विमानस्थलले जहाज हटाएको थियो ३-४ दिन लगाएर भारतीय पक्ष्य को सहयोग लिएर किन नहोस , त्यस दिन सुरक्ष्याकर्मी र स्वोयमसेबक को ठुलो हात हुन्थ्यो यात्रु हरु लाइ सम्बन्धित एअर लाइन्स बाट सूचना लिएर सोहि अनुरुप बेबस्थापन गर्न | तर त्यहाँ त्यस्ता कार्य कौसलताहरु केहि अपनाइएका थिएनन् , | भीड, ठेलमेल र चर्काचर्कीले त्यो दिन एरपोर्ट एरपोर्ट जस्तै थिएन |
    धावनमार्ग ४ दिन जति ब्लक हुदा देश मा आर्को अन्तर्राष्ट्रिय विमानस्थल नहुनु को पिडा राम्रै संग सरोकारवाला हरुले बुज्ने मौका पाए होलान |
    हंगकंगमा क्याथेप्यासिफिक डेस्कले दिएको स्थानिय मुद्रा ८० को भौचरलाई स्पाईसि नूडल सुपमा साटे | अनि स्यांजाकि एक टिनएजर बहिनि जो काठमाडौबाट संगै जहाज मा सफर गरेकी थिईन उनलाई पनि उनको जिब्रो अनुकुल को खाना साट्न सहयोग गरे | सानो होस् वा ठुलो नेपाली भएर नेपाली लाइ सहयोग गर्ने मौका पाएकोमा मन प्रफुल्ल भयो | हुन पनि कर्म ले परेको डिभी लट्री वाला हरुलाई भाग्य ले सहयोगी हातहरु भेटाइ दिन्छ भन्ने भान उनलाई पर्यो होला |
    निकै पिरो नुडल सुप ले काठमाडौँ को एअर पोर्ट मा लागेको थकाई बिर्सैदियो | स्यांजालि बहिनि ले पनि खाना सकिन , उनले काठमाडौँ हंगकंग को ४ घन्टे उडान मा आफु थाकेको ले निदाएर हवाई यात्रा को खान मिस गरिछन् | अनि बिउजेपछि मागेर खान पनि लाज मानिछन् , तेसैले उनि निकै खौलियेकी रहिछन् हुन पनि जिबन कै पहिलो जहाज को यात्रा , गन्तब्ये अमेरिका , अनि ट्रअन्जिट हंगकंग सबै कुरा मिलेको थियो उनको यात्रामा , अब एक दुइ चोटी ओहोर दोहोर गरे पछि त उनि पनि एक्सपर्ट हुदिहुन ,
    हंगकंग एअर पोर्ट को चार घन्टे ट्रअन्जिट मा अरु कोहि एनजीओ कर्मी हरु पनि भेटिए , जो महिला तथा बालबालिका सम्बन्धि सेमिनार मा भाग लिन अमेरिका जान लागेका थिए |
    नेपाल को एरपोर्ट बाट दिनहु विदेश उडान भर्ने मा लेबनान , कुबैत, अफ्रीका मा नजानेर बेचिएका भनौ वा बाधयेताले जानी जानी आफै बेचिएका महिला र किसोरी हरुको आर्को लर्को पनि हुन्छ साउदी कतार मल्यासिया को अलावा | नेपाली एनजीओ कर्मी हरु यीनका कथा , देल्ही को जीबि रोड अनि मुम्बईका कोठी मा बेचिएका नारी हरु अनि हाम्रै शिक्षित समाज बस्ने काठमाडौँका सडक मा सडक साथी बनाएर बाच्न विवस बनाइएका बालबालिका को कथा लाई आकर्सक प्रेजेंनटेसन बनाएर विदेश उड्ने गर्छन ,
    सबै नराम्रा छन् भन्न खोजेको होइन तर यो संग्क्रमणकालिन नेपालको यी दिनहरु मा खेति नै भएको छ , हाल एनजीओ हरु सरकार भन्दा बढी बिस्वसिला बनेका छन् , बलिया बनेका छन् यो तितो सत्य हो |
    त्यो दिन अमेरिका उड्ने मा केहि एनजीओकर्मी हरु . डिभी वाला अनि मा जस्तै फिरन्ते थियौ नेपाली मुलका , सबै को जाने देश एउटा भए पनि उदेश्य फरक फरक थिए |
    हंगकंग देखि न्युयोर्क सम्मको १६ घन्टे अटुट उडान लाइ क्याथे प्यासिफिक को बोइंग ७७७ ले पोलार रुट हुदै पर गरेको थियो | न्युयोर्क को जे एफ के मा त्यो भिमकाए बिमान ओराल्न पाइलोट ले एअर ट्रआफिक कन्ट्रोल बाट अनुमति लिहिसकेको सूचना यात्रु सामु राख्दै थिए |
    केहि घण्टा अगी सोहि पाइलोट ले फास्टन योर सिल्ट बेल्ट भन्दै बिमान मा स्वागत गरेका थिए हंगकंगमा अनि यात्रा अबधि का सुरक्ष्या का मापदण्ड हरु देखाएका थिए , तेसो त उनका टिम ले बीच बीच मा साना तिना आदी र बाक्ला बादल को घेरामा जहाज पस्ने समय अगावा नै सिट मा रहेको पेटी कस्न निर्देसन दिन्थे | खाना पानी तातो र चिसो सँगैसँगै |
    आज २८ औ बसन्त मा दौडिरहदा मलाई अमेरिकी भुमि टेक्ने मौका मिलेको थियो, यो यात्रा को चाहना खै कुन दिन देखि कस्तो परिस्थिति मा पैदा भयो त्यो एकिन मलाई भएन तर हिजो प्रथिमिक बिद्यालयमा हुदा खेरि अन्नपूर्ण पदयात्रा मा गएका सबै पर्येटक लाइ म र मेरा समकलिनहरु अमेरिकाने सम्बोधन गर्थेउ | कलम कापी मागिन्थ्यो कतिले दिन्थे कति ले दिदैनथे |
    लम्जुंग जिल्ला को खुदी जो अन्नपूर्ण पदयात्रा को ढोका मै बाबु बाजेले खामो गाडेर बसेकोले तेहा अमेरिकाने आर्थात अमेरिकन भेट्न कुनै गारो थिएन , मर्श्यन्ग्दी तल बेशीसहर तिर बग्थ्यो , अमेरिकाने अर्थात् अमेरिकन माथि हिमाल तिर लम्कन्थये मुक्तिनाथ पुग्न , पछि बिस्तारै थाहा भयो उनीहरु भिन्न देशका हुदा रैछन , गाउका अजै धेरै जनसंख्या सेता छाला अनि कुइरा आखा भएका पर्येटक लम्जुंग हुदै माथि जादै गरेको देख्दा अम्मेरिकाने नै भनेर परीभासित गर्छन , सबै पर्येटक लाई होलसेल मै बुजाउने एकमुष्ट सब्द ब्रान्ड नै बनेको छ यो लम्जुंग को सेरोफेरो मा , आजकल बिस्तारै परिबर्तन हुँदै छ |
    मार्च ९ मा अमेरिकी अध्यागमन पार गरेर यो नया बिश्व मा घुम्दै हिड्दा १ महिना पत्तै नपाई बित्यो , अमेरिका जति ठुलो उतिकै बेबस्थित | जति बेबस्थित उतिकै बिबिधता ले भरिएको , बिश्व भरिका मान्छेको साजा सम्पन्न घर , कानुन को एउटा किताब ले यति ठुलो देश लै कति बेबस्थित डोर्याएको | एक भुमि तर अनेक बस्तु भाउ हरु पाइने , संसार का अब्बल चिज हरु उतै पुगेका , बाटोमा गुड्ने जर्मन कार होस् या जापानिज , इटालियन पिज्जा होस् या इन्डियन समोसा , टर्किश केबाब होस् या ब्राज़लियन कफी , चिनिया समान हरुको त कुरै नगरौ |
    जहाँ पुग्यो उही लाइब्रेरी , कला साहित्य , इतिहास , बिज्ञान का असंख्य संग्रहालय , गोजी मा धन सकियो तर हेर्न मन छ , सकेको डोनेशन गरेर इन्ट्री पाइने , ,
    न्युयोर्क कै कुरा गर्दा टाइम्स इस्क्वायेर उस्तै पर्येटक मैत्रीपुर्ण , गल्लि गल्लि मा नाटक घर , संगै रकेका नाच घर पनि कति बेबस्थित , सेन्ट्रल पार्क उस्तै आकर्सक ,बेबस्थित सहरीकरण , एभी न्यु र स्ट्रीट नम्बर मात्रै याद गर्दा पनि ठ्याकै भनेको ठाउँ मा पुगिने , अप टाउन र डाउन टाउन अनि म्यन्हात्टन र ब्रुक्लिन जोड्ने सबबे र साघु उस्तै ,
    न्युयोर्क,बोस्टन , वासिंगटन डी सी, फिलादेल्फिया , अनि अरु २-४ बडी राज्य हरु घुमेर अमेरिका को एक महिने भ्रमण पछि एक दिन ज्याक्सन हईट मा साथी को महँगो फ्ल्याट मा आन्तिम दिन बिताईरहदा एक्कासी डाको छोडेर रुन मन लग्यो , कारण थियो विकास ले सृन्गरिएको अमेरिका प्रति इस्या, वा रिस, लोभ उत्पन्न भएर होइन , पृथ्बी को आर्को पाटोमा रहेको भौगोलिक हिसाबले सानो भए पनि प्राकृतिक हिसाबले धनि , संसार कै आग्लो हिमाल ले बास गरेको मेरो देश नेपाल सम्झेर | जो संसार का गरिब देश हरुको प्रतिनिधि पात्र बनेको छ , जसका नागरिक हरु पासपोर्ट मा महँगो मुल्येमा बिदेशी भिसा खरिदेर आफ्नो हैसिएतका देश हरु मा गएर रोजीरोटी को लागि केहि बेदेशी मुद्रा बटुल्नु प्रमुख उदेश्य ठान्छन जिबन जिउनु को , हाल को नेपाल युवापिडि को लागि आसा र विश्वास हराएको देश बनेको छ , दिन दिनै हजारौ को संख्या मा जारी गरिने एमआरपी ले यो बोल्छ |
    आजकल मिडियामा अमेरिका बारे हामी नेपाली हरु को भिन्न खाले विचार , लेख भावना , एती धेरै आउन थालेका छन् कि , एस्तो लाग्छ बिसाल अमेरिका मा अब एउटा सानो नेपाल पनि छ , वास्तविक नेपाल मा बचेका हामी नेपाली लाइ अमेरिका भित्र को नेपाल ले मस्तिस्कमा काउकुती लगाईरहेको हुन्छ , अमेरिका पुगू र त्यहाँ को सुख मा जिबन को आसा खोजौ |
    हाल नेपाल का ठुलै मानिएका कलाकार , खेलाडी देखी अरु धेरै लाइ अमेरिका छाडेर नेपाल आउन फलाम को चिउरा झैँ बनेको छ जसरि अल्बेर्ट कामुस को एक पात्र सिसिफस लाइ संसारिक संसार छाडेर स्वोर्गलोक जान मन लागेको थिएन | सिसिफस लाइ सोर्गलोक र नेपाली लाइ नेपाल आजकल उस्तै बनेका छन् , बिध्हमान राजनीतिक आस्तिरता , बन्द, हड्ताल बेरोजगारी, स्वास्थ्य बिमा र अन्य पानि, बिजुली , आदी को समस्य देखाएर हाल होनहार नेपाली हरु अमेरिका लगाएत अन्य देश मा बसेका छन् , यी समस्या देखाएर उनीहरु पनि माथिको ओबानो बन्न खोजेका छन् मात्र भन्न पनि सकिन्न किनकि हाल को नेपाल नै येसरी बिकाश भैरहेको छ |
    तर गौण कुरा यो छ कि अमेरिका ले जसरि नेपाली लाइ उसको देश मा भ्रमण , ब्यबसाये , मनोरंजन , सिक्ष्या, विभिन्न नाममा जुन विश्वास ले स्वागत गर्छ , तेहि मुल्य र मान्येतामा रहेर कमै नेपाली ले आफु सोयम र आफ्नो देश को इज्जत राख्ने गरि उत्तर दिएका छन् | हाल धेरै नेपाली अमेरिकी अध्यागमन पार गर्नु लाई ठुलो जित को रुपमा लिन्छन | बिभिन्न समस्या हरु देखाएर आप्रबासी बाट अमेरिकी नागरिक बन्ने बाटो समात्न पुग्छन्, कमै नेपाली ले त्यो जित हात पार्लान तर त्यो नेपाली को जीत मा नेपाल ले हरेको हुन्छ | नेपाल ले आफु नहार्ने नीति नियेम बनाउन आबस्यक छ | हिजो का नेपाली को उचित दृस्टीको कमि कमजोरी को बोझ आजको नेपाल का नेपाली ले बोक्नु परेको छ |
    १९५० को सेरोफेरोमा नेपाल ले अमेरिका संग बढाएको औपचारिक सम्बन्ध ले नेपाली हरु लाइ अमेरिका को ढोका खुलेको हो , त्यो भन्दा अगी उता पुग्ने नेपाली को परिचय अधर एसियन अन्तरगत पर्थ्यो १९९० पछी अमेरिकामा नेपाली को जनसंख्या ह्वात्तै बढेको देखिन्छ , नेपाली भाषी भुटानी र तिबती हरुको पुनर्बास ले पनि यो क्षेत्र को जनसंख्या अमेरिका मा हाबी हुदै गैरहेको छ |
    अमेरिका सम्पन्न छ , नेपाल जस्तो अविकसित भनौ वा बिकासओन्मुख देश ले अमेरिका संग को सहकार्य मा ठुलो फाइदा लिन सक्छ ,यहा का नेता , कर्मचारी , बेपारी, बिद्ध्यार्थी आदी ले उता बाट सिकेर नेपाल लाइ त्यो सिप ले सिंगार्न सक्छन , बिदेसिनु आफैमा नराम्रो कुरा होइन , विदेश का बिभिन्न बिकाश का सुत्र हरु प्रबिधी हरु हेरेर , घोकेर , यता पनि ल्याउनु पर्दछ, बिदेसिनु नराम्रो होइन भनेर एस्लाई बढी हौसला दिहिरखेमा भोलि नेपाल मा दक्ष्ये मानब सक्ति को संकट नआउला भन्न सकिन्न , विदेश मज्जाले जाऔ तर केहि लिएर तुरुन्त फर्किउ , केहि लिएर भन्नाले पैसा नबुजौ, प्रबिदि बुजौ , रेमिटेन्स र बिदेशी र्रिन ले देश धनि हुदैन , केवल पुजीगत आर्थिक गतिबिधि मात्र बढ्छ ,
    नेपाल को हावापानी , भू बनोट , जमिन संसारको कुनै अति बिकसित देश को भन्दा कम छैन , येहा त केवल नागरिक मा सकारात्मक सोच , पार्टी र पार्टी को झन्डा प्रति होइन कि र देश र देश त्यो सिंगो रास्ट्रिय झन्डा प्रति उतरदाइत्वो अनि सुसासन् युक्त सरकार को आबस्येक्ता छ | फेरी बिजय कुमार दाइ को यी बक्ये हरु सापट लिन मन लग्यो , हामी थाकेका छौ हारेका छैनौ | हो हामी संग सगरमाथा छ अनि हामी एक दिन चडेरै छाड्छौ |


    Your Comment
    Name* :
    Address* :
    Email* :
    Phone:
    Comment* :
        [Reload Image]
     
     
     

    Bobbie

    Real brain power on disalpy. Thanks for that answer!

    Lele

    What a great reuscroe this text is.

  • Our Categories :
    • Bhutan:4 Articles
    • Nepal:11 Articles
    • Greece:5 Articles
    • India:1 Articles
    • UK:1 Articles
    • Interviews:1 Articles
    • Poland:1 Articles
    • Tibet :3 Articles
    • Combodia:1 Articles
    • Article:5 Articles
    • Vietnam:1 Articles
    • United States of America:2 Articles
    • Thailand:0 Articles
    • Laos:0 Articles
    • Singapore:0 Articles
    • Spain:0 Articles
    • Denmark:0 Articles
    • Switzerland:0 Articles
    • Hongkong:0 Articles
    • Malaysia:0 Articles
  • About Myself :

    My name is Nabraj Ghimire but people call me Raj for short. I am a lifelong resident of Nepal and was born in an isolated village in the Annapurna region known as Simpani -9 Khudi Lamjung , famous as the starting point of the Annapurna Circuit Trek. I have always been interested in other cultures and countries this curiosity has led me away from my traditional family farm to Kathmandu where I can meet people from all over the world and learn about other cultures and beliefs. While in Kathmandu, I completed my Masters degree in Humanities and Social Science from Tribhuvan University to learn the history and future trends that shape societies worldwide. As travel has always been my passion, I started working with a local tourism company and was inspired to start my own to help other learn about the real Nepal while learning from the travelers about their home countries. Over the last 10 years, I have worked in the travel industry while specializing in Nepalese cultural retreats and traditional trekking routes. During my off time, I travel whenever I can and have explored over a dozen countries including the mystical kingdom of Bhutan, several countries in the Middle East, Great Britain and the relaxing Greek Isles. Reflecting on everything I have seen and learned, it is my mission to inform the world of all the trips, experiences and news I have gathered from my work and travels and would like to thank you for viewing my blog. If you ever have any questions don’t hesitate to contact me at npvillage@gmail.com

    Video Gallery:

    Subscribe By Email or RSS

    Find us on Twitter

    Tweets by @npvillage

    VISITOR STATISTICS

    Flag Counter

    Find us on Facebook

Traveller Blog Copyright © 2013. All Right Reserved.
Powered By : Weblink Nepal